झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।
यता पर्साको पर्सागढी नगरपालिका-४ हरदासपुर टोल बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी उनीहरूबिच सोमबार साँझ कुटपिट तथा झै(झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।