चीनको दक्षिण पश्चिमी प्रान्त गुइझोउ प्रान्तमा सो घटना भएको हो । समाचार अनुसार त्यहाँ एक ३ वर्षीया बालिकालाई उनका बाबुआमाकै अगाडिबाट बाँदरले उठाएर लग्योती बालिकालाई रुखको छायामा राखेर उनका बुवाआमाले खेतमा काम गरिरहेको बेला त्यहाँ आएको एक बाँदरले उनलाई टिपेर लगेको थियो ।
तर, छोरीलाई बाँदरले लगेको उनका बुवाआमाले देखनन् । केहीबेरमै रुखको फेदमा हेर्दा छोरी नदेखेपछि उनीहरु अताल्लिए । आमाचाहिं रुन थालिन् । उनीहरुले आफैं छोरीलाई धेरै खोजे, तर भेट्न सकेनन् ।डेलीस्टारको रिपोर्ट अनुसार हराएकी छोरीलाई खोज्नका लागि उक्त दम्पत्तिले पुलिस गुहार्नुपर्यो । प्रहरीले पहाडी क्षेत्रमा निकै खोजतलास गर्यो । निकै खोजी गरेपछि मात्र प्रहरीले ती बालिकालाई फेला पार्यो।