खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला

भक्तपुरमा नवजात शिशु मृत फेला परेका छन्।मंगलबार बिहान सवा ९ बजे भक्तपुर नगरपालिका-१ सृजनानगर यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा।

सालनालसहित नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।उनका अनुसार शिशु अन्दाजी २,३ दिनको थियो।

खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post