भकारीभित्र भेटियो एक महिलाको शव


सल्यानमा बेपत्ता रहेकी एक जना महिलाको शव फेला परेको छ।शिद्धकुमाख गाउँपालिका-४ खार्बाङकी २८ वर्षीया गणेशी रोकाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीका अनुसार रोकाको शव घरको बाली हाल्ने काठको भकारीभित्र फेला परेको हो।शव फेला परेसँगै प्रहरीले घटना शंकास्पद देखिएको बताएको छ।

डिएसपी कार्कीका अनुसार रोका असोज १५ गते सोमबार बेपत्ता भएकी थिइन्।

उनी हराइरहेको भन्दै परिवारले असोज १७ गते बुधबार प्रहरीलाई खबर गरिएको थियो।तर त्यसको भोलिपल्टै घरमा गन्हाएको भन्ने खबर प्रहरीले पाएको थियो। त्यसपछि घटनास्थलमा प्रहरी पुग्दा भकारीभित्र महिलाको शव फेला परेको थियो।शव सडिगलिसकेको अवस्थामा फेला परेको थियो।

घटनास्थल हेर्दा पनि शंकास्पद देखिएको डिएसपी कार्कीले बताए।अनुसन्धानका लागि प्रहरीले मुचुल्का उठाएर शव जिल्ला अस्पतालमा पठाएको थियो। पोष्टमर्टम गर्दा पनि घटना शंकास्पद देखिएको डिएसपी कार्कीले बताए।परिवारले मृतकले बालीमा हाल्ने विष खाएर आत्महत्या गरेको होला भनेका थिए। तर हामीले अनुसन्धान गर्दा घटना शंकास्पद लाग्यो,’ उनले भने, ‘पोष्टमर्टम रिपोर्टले पनि घटना शंकास्पद देखेपछि अनुसन्धान थालेका हौं।

मृतक गणेशीका तीन जना छोरा र एक जना छोरी छन्। उनका श्रीमान कामको शिलशिलामा भारत थिए। श्रीमती बेपत्ता भएको खबर पाएपछि मृतकका श्रीमान पनि फर्किइसकेका छन्।प्रहरीले अनुसन्धान पनि अन्तिम चरणमा पुगेको बताएको छ।

सुरूमा प्रहरीले सबै परिवारलाई ल्याएर सोधपुछ गरेको थियो। अहिले कसको संलग्नता हो भन्नेबारेमा पहिचान गर्न प्रहरी अन्तिम चरणमा रहेको बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post