चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो


पछिल्लो दुई साताको अवधिमा चामल, खानेतेल, चिउरा, मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीहरु बताउँछन् । तर खुद्रा व्यापारीहरूले भने यसबारे अनभिज्ञता प्रकट गर्दा उपभोक्ताहरू महँगीको मारमा परिरहेका छन् ।

दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीले दावी गरेका छन् ।

होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ ।

चिनी, गेडागुडी र दलहन बाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । ‘चामल, तेल, आँटा पीठो लगायतको खाद्यान्नको मूल्य होलसेलमा घटेको छ । यस वर्ष खासै ठूलो कारोबार पनि छैन।

बजारमा ठूलो कारोबार समेत नहुँदा होलसेलमा खाद्यान्न सस्तो हुन थालेको टोखा चेम्बर आफ कमर्सका अध्यक्ष एवम् होलसेल व्यवसायी सञ्जय फुयाँलले पनि दावी गरे । ‘पछिल्ला दुई सातामा सबै प्रकारका चामल, खानेतेल, मैदा र चिउराको मूल्य घटेको छ’ फुयाँलले अनलाइनखबरसँग भने, ‘होलसेलमा घटेको मूल्य खुद्रामा पास नभएको हुनसक्छ । उपभोक्ता जागरुक हुनुपर्‍यो ।’

Post a Comment

Previous Post Next Post