एक युवतीलाई सा,मूहिक ब,ला,त्कार गर्ने तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय एक बालक रहेका छन् ।
तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहालले जानकारी दिए । तीनैजना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानको राति २५ वर्षे युवतीलाई ब,ला,त्कार गरेको प्रहरीले जनाएको छ ।
पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्याएर युवतीमाथि सामूहिक ब,ला,त्कार गरेको पाइयो,’ दाहालले भने, ‘स्थानीयले खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएको उनको भनाइ छ ।
युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेको डीएसपी दाहालले बताए । घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।
आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको शिशा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी दाहालले दिए ।