सल्यानको बनगाडमा अटो दुर्घटना, चार घाइते


सल्यानको बनगाड क्षेत्रमा बुधबार बिहान ११ बजे अटो दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोलाबाट सुनौली हुँदै सल्लीबजार आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह १११५ नम्बरको अटो सल्लीबजार चौरजहारी सडकखण्डको बयलडाँडी नजिकै दुर्घटनाभएको थियो ।

दुर्घटनामा बन्गाड कुपिण्डे नगरपालिका ६ का ४७ वर्षीय ग्रीम रोका, राउचेका ६१ वर्षीय मुमे साहु र ५० वर्षीय शिवलाल साहु गम्भीर घाइते भएका छन् । ३६ वर्षीय चालक खलबहादुर बुढा सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

सल्लीबजारस्थित मेडिकलमा सामान्य उपचार गरेर घाइतेमध्येका तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । चालक बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

Previous Post Next Post