बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ ।मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ । उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ ।
तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौंको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् । विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ ।