दार्चुलाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी महिलाको ज्यान गएको छ ।
आज शुक्रवार दिउँसाे खर काट्ने क्रममा लडेर नाैगाड–१ दल्याडकी ३२ वर्षीया रेपती ठगुन्ना घाइते हुनुभएकाे थियाे । उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
मृतक ठगुन्नाका श्रीमान्, दुई छाेरा र दुई छाेरी छन् । उहाँका छाेरीहरू कक्षा ५ र ३ तथा छाेराहरू कक्षा २ र १ मा अध्ययनरत छन् ।
अहिले दार्चुलामा खर काट्ने चटारो छ । घाँस काट्ने क्रममा भिरबाट लडेर बर्सेनि स्थानीयले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।
पहाडी जनजिवन यस्तै हो गाईभैंसी पाल्नैपरने हुन्छ पहाडमा गाईभैंसी नपालौभने हुदैन मलको लागि पनि पाल्नुपर्ने हुन्छ समथरमा घास पाईदैन भिडमा जानुपर्ने हुन्छ भावपूर्ण हार्दिक श्रद्धाञ्जली
ReplyDelete