जस्तो सुकै चिलाउने खतरानाक दादलाई पनि ५ मिनटमै निको पार्ने घरलेु उपाय : पुरा तरिका सिक्नुहोस


खतरनाक भन्दा खतरनाक दाग, चिलाउने र दाद मिनेटमै सन्चो पार्ने गज्जबको उपाए यस्तो ।दाद- त्यो फुस्रो, अत्ति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखा पर्ने छालाको सङ्क्रमण हो, जुन ‘फङ्गस’ (Fungus) को कारण आउँदछ।

फङ्गस, जसलाई ‘ढुसी’ पनि भनिन्छ, यस्तो जीवाणु हो जसले जीवित तथा अजीव वस्तुको शरीरलाई सङ्क्रमण गरेर नष्ट गराइदिन्छ।दादले अधिकांश व्यक्तिहरूलाई सताइरहेको हुन्छ र कति औषधी उपचार गर्दा पनि यसबाट मुक्ति पाउन सकिराखेका हुँदैनन्।

दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ। केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ।

साधारणतया, दाद चिलाउने खालको हुन्छ र छालामा गोलो, रातो अनि फुस्रो दाग देखा पर्दछ। विशेष गरी, गुप्ताङ्ग (योनी, काखी, पुठो), घुच्चुक, औँलाको काँपा जस्ता ओसिलो तर न्यानो ठाउँमा दाद आउने गर्दछ।

(चस्मा लगाउन मन छैन भने गाँजर र पालुङ्गोको जुस पिउनुस्- स्वस्थ आँखाको लागि अन्य घरेलु उपाय…) दादको कारण दाद (Ringworm) कुनै ब्याक्टेरियाको कारणबाट आउँदैन, यो त ढुसी (Fungus) को सङ्क्रमणबाट आउने रोग हो।

छालाको दाद (Tinea corporis) सामान्यतया Trichophyton rubrum नामक फङ्गसको सङ्क्रमणको कारण आउने गर्दछ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। अर्को हुन्छ, Microsporum canis फङ्गस, जुन कुकुर र बिरालोबाट सर्ने गर्दछ।Ringworms (।

अझ काइदा हुन्छ। अब दादलाई मनतातो पानीले सफा गर्नुहोस् र नरम सफा कपडाले पुछेपछि लसुनको लेदो बाक्लो गरी लेप्नुहोस्। धेरैमा २ घण्टासम्म त्यत्तिकै राखिसकेपछि त्यसलाई फेरि मनतातो पानीले सफा गर्नुहोस्। ध्यान रहोस् कि २ घण्टाभन्दा बढि राख्नाले त्यसले उल्टो असर गर्न सक्छ र दादलाई पकाउन पनि सक्छ।

(यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन) २. काँचो बेसार सुकेको बेसार होइन, धूलो बेसार होइन, केवल काँचो र ताजा बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

(बेसारको फाईदा यस्तो…) ३. भिनेगर र नुन भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस्। ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस्। दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।

(केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र) हुन त दादको लागि घरेलु उपायहरू थुप्रै हुन्छन्, तर सबैभन्दा उत्तम उपाय भनेकै यीनै हुन्। तर सबैको शरीर फरक-फरक हुन्छ, त्यसैले कसैलाई यी उपायले काम नगर्न पनि सक्छ।

यदि त्यस्तो अवस्थाको सिर्जना भएमा ढिलासुस्ती नगरी तुरुन्तै अस्पताल गएर चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ। अर्को कुरा भनेको, यदि तपाईँलाई लसुन, बेसार र नुनको एलर्जी छ भने पनि माथिमा यी उपायहरू नअपनाउनु बेस हुन्छ। त्यस्तो बेलामा सुरुमा चिकित्सकसँग जाँच्नुहोस् र दादको प्रकृति हेरेर चिकित्सकको सल्लाहबमोजिम उचित उपचारको बाटो अपनाउनुहोस्।

Post a Comment

Previous Post Next Post