
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए
घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।