केशर र सन्तोषले घनश्यामलाई कार्तिक ४ मा स्थानीय विद्यालयमा भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट गरेका थिए ।कुटपिटबाट घाइते घनश्यामको उपचारका क्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
कृटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट प्रहरीले पक्राउ गरेको छ । केशर ओली भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए । फरार ओलीको खोजी भइरहेको उनले बताए ।
मृतकका दाई दिपेन्द्र ओलीले कार्तिक ४ गते स्थानीय विद्यालयमा भलिबल खेल्ने क्रममा केशर ओली र सन्तोष ओलीले 'हामी तेरो दाइ हौँ ढोग गर' भन्दा खुट्टा नढोगेकै कारण कृटपिट गरेको बताउका छन् ।
केशर र सन्तोषले कुटपिट गरेपछि त्यो दिन टाउको दुखेको भनि खाना नखाई सुतेको थियो । बाहिरी चोट नदेखिए पनि भित्री चोटका कारण घाइते भाइलाई बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा लगेर उपचार गरेका थियौँ र झन् गाह्रो भएपछि नेपालगन्ज हुँदै भारतको लखनउ लगेका थियौँ । भाइलाई बचाउन सकेनौं,’ उनले भने ।