शव पोस्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरिरहेको छ ।मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवकको हत्या भएको आशङ्का छ । घटनाको थप अनुसन्धान भइरहेको अवाले बताए ।