इजरायलबाट फर्किएका नेपालीको बयान : जताततै बम पड्किएको आवाज मात्र आयो, बाँचेर आइयो


युद्ध भूमिबाट नेपाल फर्किएपछि विद्यार्थीहरूले भने,– बाच्ने आस मरेको थियो, धन्यवाद नेपाल सरकारकाठमाडौँ । सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन ।

ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्रण गर्नै सक्दैनन् ।कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट लर्निङ एण्ड अर्निङ कार्यक्रममार्फत इजरायल पुगेकी शोभा शुक्रबार नेपाल फर्किएकी छिन् । नेपाल सरकारले उद्धार उडानमार्फत उनीसँगै २५४ जना नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् ।

इजरायल र गाजाबीचको युद्धको अवस्था देख्दा उनलाई सकुशल नेपाल फर्किन्छु जस्ता लागेको थिएन । तर, ढिलै भए पनि नेपाल सरकारले देखाएको सक्रियताले आफू निकै खुसी रहेको उनको भनाई छ । हामीले हाम्रा साथी गुमाउँदा जीवनभरको लागि पीडा भयो । तर पनि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसका लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद ।

अन्तिममा नेपाल आउन पाउँदा निकै खुसी छु’ उनले भनिन् ।गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । शोभाले ती मध्ये दुई जना हितैसी मित्र राजेश स्वर्णकार र गणेश नेपाली गुमाइन् । जसको पीडा उनले जीवनभर भुल्ने छैनन् ।

हाम्रो छेउकै घर भत्किएका थियो । त्यसपछि हामी तीन दिन बङ्कर भित्र बस्यौ । आकाश पुरै कालो भएको थियो । सेकेन्ड सेकेन्डमा बम पड्किरहेको थियो । मसँगका साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई गुमाए । 

यो मेरो जीवनभरको लागि पीडादायी हुनेछ’ उनले भनिन् ।उनीसँगै १८ जना साथीहरू सानो बङ्कर भित्र तीन दिनसम्म बसेका थिए । ‘एउटै बंकरमा १८ जना लुकेर बसेका थियौँ । बम आएपछि के गर्ने भनेर हामीलाई आईडिया नै थिएन,’ उनले त्यो बेलाको क्षण सम्झिदै भनिन्, ‘टेरेरिष्ट अट्याक भएपछि के गर्ने भन्ने अनुमान समेत गरेका थिएनौँ । तर पनि तीन दिनसम्म त्यही बङ्कर भित्र लुकेर बस्यौ ।

शनिवार बिहान ६ः३० मा उनी योगा गर्दै थिइन् । अन्य साथीहरू सुतिरहेकै थिए । त्यही बेला अचानक एक सेकेन्डमा २०÷३० वटा मिसाइलहरू आयो । आकाश पुरै कालो भयो । जताततै बम पड्किएको आवाज मात्र आयो । एकाएक साइरन बज्न थाल्यो । साइरन बजेपछि के हुन्छ भनेर उनीहरू डराउन थाले ।त्यत्तिकै उनीहरू बसेको भन्दा अर्को घर पूर्ण रूपमा ध्वस्त भयो । त्यसपछि उनीहरू झन् डराए । र बङ्कर भित्र लुक्न गए ।

बङ्कर भित्र लुकेर बसेका थियौँ । बाहिर के भइरहेको छ देख्न त सकेनौँ । तर, फिल गर्‍यौ । घरी घरी हाम्रो बंकरमा नक गर्न आउँदा टेरेरिष्ट नै आयो कि भन्ने डर थियो । डरै डरमा तीन दिन बङ्कर भित्र बस्यौ । तीन दिनपछि खाना र पानी सबै सकियो । त्यसैमा पनि २४ घण्टामा एक पटक खाना खान पाएका थियौँ । त्यो बेला हामीहरू पुरै हेल्पलेस थियौँ’ उनले भनिन् ।

कैलालीका धनबहादुर चौधरी ह्वीलचेयरको सहायतामा छन् । बङ्कर भित्र बसिरहेको बेला उनीमाथि आक्रमण हुन पुग्यो । र उनी घाइते भए । उपचारपछि निको भएर उनी उद्धार उडानमार्फत काठमाडौँ आइपुगेका हुन् ।नेपाल पुगेसँगै उनले आफू भाग्यले बाचेको र नेपाल फर्किन पाएको बताए । ह्वीलचेयरको सहायतामा रहेका उनले मसिनो स्वरमा भने, ‘धन्नले बाचे’ ।

रेश्मा श्रेष्ठलाई समेत सकुशल नेपाल फर्किइन्छ जस्तो लागेको थिएन । शनिवारदेखि नेपाल नफर्किदासम्मको कहालीलाग्दो अवस्था उनको आँखामा अझै पनि झलझली आइरहन्छ । जसले गर्दा उनी अहिले पनि डराउँछिन् ।

हामीले हाम्रा साथी गुमाउँदा जीवनभरको लागि पीडा भयो । तर पनि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसका लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । अन्तिममा नेपाल आउन पाउँदा निकै खुसी छु’ उनले भनिन् ।



गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । शोभाले ती मध्ये दुई जना हितैसी मित्र राजेश स्वर्णकार र गणेश नेपाली गुमाइन् । जसको पीडा उनले जीवनभर भुल्ने छैनन् ।


‘हाम्रो छेउकै घर भत्किएका थियो । त्यसपछि हामी तीन दिन बङ्कर भित्र बस्यौ । आकाश पुरै कालो भएको थियो । सेकेन्ड सेकेन्डमा बम पड्किरहेको थियो । मसँगका साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई गुमाए । यो मेरो जीवनभरको लागि पीडादायी हुनेछ’ उनले भनिन् ।



उनीसँगै १८ जना साथीहरू सानो बङ्कर भित्र तीन दिनसम्म बसेका थिए । ‘एउटै बंकरमा १८ जना लुकेर बसेका थियौँ । बम आएपछि के गर्ने भनेर हामीलाई आईडिया नै थिएन,’ उनले त्यो बेलाको क्षण सम्झिदै भनिन्, ‘टेरेरिष्ट अट्याक भएपछि के गर्ने भन्ने अनुमान समेत गरेका थिएनौँ । तर पनि तीन दिनसम्म त्यही बङ्कर भित्र लुकेर बस्यौ ।’


शनिवार बिहान ६ः३० मा उनी योगा गर्दै थिइन् । अन्य साथीहरू सुतिरहेकै थिए । त्यही बेला अचानक एक सेकेन्डमा २०÷३० वटा मिसाइलहरू आयो । आकाश पुरै कालो भयो । जताततै बम पड्किएको आवाज मात्र आयो । एकाएक साइरन बज्न थाल्यो । साइरन बजेपछि के हुन्छ भनेर उनीहरू डराउन थाले ।त्यत्तिकै उनीहरू बसेको भन्दा अर्को घर पूर्ण रूपमा ध्वस्त भयो । त्यसपछि उनीहरू झन् डराए । र बङ्कर भित्र लुक्न गए ।


‘बङ्कर भित्र लुकेर बसेका थियौँ । बाहिर के भइरहेको छ देख्न त सकेनौँ । तर, फिल गर्‍यौ । घरी घरी हाम्रो बंकरमा नक गर्न आउँदा टेरेरिष्ट नै आयो कि भन्ने डर थियो । डरै डरमा तीन दिन बङ्कर भित्र बस्यौ । तीन दिनपछि खाना र पानी सबै सकियो । त्यसैमा पनि २४ घण्टामा एक पटक खाना खान पाएका थियौँ । त्यो बेला हामीहरू पुरै हेल्पलेस थियौँ’ उनले भनिन् ।


कैलालीका धनबहादुर चौधरी ह्वीलचेयरको सहायतामा छन् । बङ्कर भित्र बसिरहेको बेला उनीमाथि आक्रमण हुन पुग्यो । र उनी घाइते भए । उपचारपछि निको भएर उनी उद्धार उडानमार्फत काठमाडौँ आइपुगेका हुन् ।

नेपाल पुगेसँगै उनले आफू भाग्यले बाचेको र नेपाल फर्किन पाएको बताए । ह्वीलचेयरको सहायतामा रहेका उनले मसिनो स्वरमा भने, ‘धन्नले बाचे’ ।

रेश्मा श्रेष्ठलाई समेत सकुशल नेपाल फर्किइन्छ जस्तो लागेको थिएन । शनिवारदेखि नेपाल नफर्किदासम्मको कहालीलाग्दो अवस्था उनको आँखामा अझै पनि झलझली आइरहन्छ । जसले गर्दा उनी अहिले पनि डराउँछिन् ।

उनी म चाही घटना घटेकै क्षेत्रमा थिए । तर, गडको मलाई बचाउने प्लान रहेछ, म दुई महिना अगाडि मात्रै सेफ क्षेत्रमा आएकी थिइन् । तर, जहाँ मैले पहिला काम गरेको थिए त्यो क्षेत्रमा ठुलो दुःखद घटना हुन पुग्यो’ उनले भनिन् ।


कालिकोटका हरिकृष्ण आचार्य त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेर इजरायल पुगेका थिए । तर, अहिलेको परिस्थितिपछि उनी नेपाल फर्किएका छन् । उनीसँगै त्रिविका १०० जना विद्यार्थी र टिम लिडर फर्किएका हुन् ।



एक महिना अगाडि मात्रै उनी इजरायल पुगेका थिए । उनीहरू बर्डर क्षेत्रभन्दा २०० मिटरको दूरीमा मात्रै थिए । उनीहरू लेबनानको सीमा क्षेत्रमा थिए । जसले गर्दा उनलाई त्यति धेरै जोखिम थिएन । तर, डर भने निकै थियो ।



नेपाल फर्किएपछि उनी अब पुनः फर्किने नफर्किने समय परिस्थितिमा भर पर्ने बताउँछन् । यो निकै राम्रो अवसर भएको तर, अहिलेको परिस्थितिका कारण आफूहरू आउनुपरेको बताए ।



सिक्ने र कमाउने राम्रो अवसर भएको तर, त्यो हुन नसकेको उनको भनाई छ । अहिलेको अवस्थामा युद्धका कारण त्यहाँ भयावह अवस्था बनको उनको भनाई छ ।

Post a Comment

Previous Post Next Post