बुधवार पनि दिनभर सडकमा बसेपछि साँझ सवारीको चलहपलहसँगै मानिसहरूको भीड कम हुँदै गएपछि उनीहरू त्रिपालभित्र ओत लाग्न पसेका थिए।
रात ढल्दै जाँदा विनोद प्रसाद र निर्मलालाई ब्यानरमा झुण्डाइएको छोरीको तस्बिरले निदाउन दिँदैन। त्यो रात पनि उनीहरू निदाएका थिएनन्। सडकको चहलपहलसँगै सुनसान बन्दै गए पनि उनीहरूको मनमा भने छोरीलाई न्याय दिन नसक्दाको तुफान चलिरहेको थियो।
राति साढे १० बजेतिर उनीहरू बसेको ठाउँमा नचिनेका चार जना मानिस आए र उनीहरूको त्रिपाल उचाल्न थाले। त्रिपाल वरिपरि कोही घुमिरहेको र आफूलाई घेरेकोबारे विनोदप्रसादले केहीबेर भेउ नै पाएनन्हामी यहाँ न्याय माग्न बसिरहेका छौं, तर छोरीको हत्या आरोप लगाइएकाहरू छुटिसकेका छन्,’ उनले भने, ‘उनीहरूले नै पो आक्रमण गराएका हुन् कि भन्ने आशंका छ।
’उनका अनुसार आरतीको हत्या आरोप लगाइएका उनका श्रीमान् मोतीबाबु साह र ससुरा मदनमोहनलाई उच्च अदालत जनकपुरले साधारण तारेखमा छोडिदिइसकेको छ।उनीहरूलाई असोज १८ गते उच्च अदालत जनकपुरले साधारण तारेखमा छोड्ने आदेश दिएको हो।
मुख्यन्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले आरतीका माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।
घटना हत्या नभई आत्महत्याजस्तो देखिएकाले पनि उनीहरूलाई साधारण तारेखमा छोडिएको हो। फाइलहरू हेर्दा पनि आत्महत्याजस्तो देखियो,’ अधिकारीले भने।आरती साहका परिवारले भने उनको हत्या नै भएको दाबी गर्दै धर्नालाई निरन्तरता दिइरहेका छन्।
धनुषाको नगराइन नगरपालिका-८ की आरती विनोदप्रसाद र निर्मलादेवीकी जेठी छोरी थिइन्। उनीहरूले दुई छोरी र एक छोरालाई जन्म दिएका थिए।
परिवार ठिकठाक थियो। दुई वर्षअघि जेठी छोरी आरतीको बिहे पनि गरिदिए। राम्रो घरपरिवारमा बिहे भएको भन्दै विनोद र निर्मलादेवीको मन ढुक्क थियो। तर यो सन्तोक लामो समय टिकेन।
जेठ ७ गते साँझ अन्दाजी साढे ६ बजे विनोदप्रसादको मोबाइलमा आएको एक कल फोनले उनको जिन्दगी बदलिदियो। उक्त फोन आरतीका ससुरा मदनमोहन साहको थियो।मदनमोहनले छोरीको स्वास्थ्य खराब भएर जनकपुरको काव्या अस्पतालमा लगेको र तत्काल आउनु परेको खबर सुनाए। खबर सुनेपछि विनोदप्रसादका परिवार नै अस्पताल पुगे।अस्पताल पुग्दा छोरीलाई मृत घोषित गरिदिइसकेको थियो,’ उनले भने।
त्यसपश्चात उनीहरूले छोरीलाई एक पटक हेरे। उनको शरीरमा देखिएका निलडाम र सुन्निएका खुट्टाले आफैं झुन्डिएको होइन भन्ने लागेपछि कानुनी उपचार खोज्न थालेका हुन्।उनीहरूले प्रहरीलाई जेठ ८ गते उजुरी बुझाएपछि मात्र पोस्टमार्टम गरी आरतीको शव जलाउन अनुमति दिएका थिए।
जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषा आरतीका श्रीमान मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविलाई उनीहरूले हत्या आरोप लगाउँदै उजुरी दिन गएका थिए। तर प्रहरीले उजुरी नै लिन नमानेपछि ससुरा र श्रीमानविरूद्ध मात्र उजुरी दिएका हुन्।
उनीहरूले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनविरूद्ध आत्महत्या दुरूत्साहन सँगै हत्या आरोपमा उजुरी दर्ता गराएका छन्।
उजुरी दर्ता भएसँगै जिल्ला अदालत धनुषाले जेठ ३२ गते पेसी तोकेको थियो। अदालतले माइती पक्षलाई पनि उपस्थित हुनुपर्ने भन्यो। अदालतमा निर्मलादेवी, विनोदप्रसाद, प्रेम र मनीषाको बयान लियो।
बयान लिइसकेपछि हस्ताक्षर गर्ने क्रममा भनेको भन्दा फरक कुरा लेखिएको थाहा भएपछि झडप भएको थियो। त्यतिबेला तत्कालिन जिल्ला प्रहरी एसपी र डिएसपीसहित अन्य प्रहरीले कुटपिट गरेको आरोप आरती साहको परिवारको छ।
प्रहरीले कान्छी छोरी मनीषामाथि कुटपिट गरेको थियो। त्यो कुरा पनि कसैले सुनेनन्,’ विनोदप्रसादले भक्कानिँदै भने, ‘अब न्याय माग्न कहाँ जाऔं।’