दाङमा श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिए

तुलसीपुरमा शनिबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् ।सल्यानको त्रिवेणी गाउँपालिका-४ फालाबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३

वर्षीया श्रीमती पवित्रा डाँगी कोठाभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।ढोका बन्द गरेको अवस्थामा कोठाभित्रै दुवै जना मृत फेला परेको उनले बताए।

श्रीमान पंखामा झुन्डिएको र श्रीमती खाटमा मृत फेलापरेको प्रहरी निरीक्षक केसीले बताए । बिहान अबेरसम्म पनि नउठेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । पवित्राको शरीरमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post