तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्यो, १ जनाको मृत्यु

काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ । मोटरसाइकल नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए ।मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

Post a Comment

Previous Post Next Post