भीरबाट लडेर एक जनाको मृत्यु

सिद्धिचरण नगरपालिका-४ बस्ने अन्दाजी ४८ वर्षका प्रल्हाद क्षेत्रीको शुक्रबार भीरबाट लडेर मृत्यु भएको छ ।

बिहान ७ बजेतिर घरबाट घुम्नका लागि निस्केका उनी घरदेखि करिब ७ सय मिटरपूर्व ढिक भिरबाट लडेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी घटनास्थलमा पुगी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिष्टार सिंहले बताए ।

Post a Comment

Previous Post Next Post