पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु

डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको थियो ।

गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post