भदौ १९ गते राति तेजप्रसाद र कमलाले विषादी सेवन गरेका थिए ।विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो ।
भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो ।घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।
श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल आर्थिक अवस्था दयनीय भएकै कारण निकाल्न सकेका थिएनन् । २०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइ सरी आएका भट्टराई दम्पतीको एकमात्र छोरा खगेन्द्र हुन् । १ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन ।