आदिवासी महिलालाई नग्न बनाएर घुमाए पछि ....

भारतको राजस्थानस्थित प्रतापगढ जिल्लामा एक आदिवासी महिलालाई नग्न घुमाइएको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाको संज्ञान लिएका थिए र कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।रिपोर्टका अनुसार गिरफ्तारीको क्रममा अभियुक्त घाइते भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।मुख्यमन्त्रीले अभियुक्तविरुद्ध फास्ट ट्र्याक अदालतमा मुद्दा चलाइने बताएका थिए ।

अशोक गहलोतले एक ट्विटमा भने, ‘प्रतापगढ जिल्लामा एक महिलाको माइती र घर पक्षको आपसी पारिवारिक विवादमा घर पट्टिका मानिसले उनलाई निर्वस्त्र पारेको एउटा भिडियो सार्वजनिक भएको छ ।

प्रहरी महानिर्देशकले एडीजी क्राइमलाई घटनास्थलमा पठाएको र यो घटनामा कडाभन्दा कडा कारवाहीको निर्देशन दिएका छन् ।’मुख्यमन्त्रीले भने, ‘सभ्य समाजमा यस्तो खालको अपराधीलाई कुनै स्थान छैन । यी अपराधीलाई छिटोभन्दा छिटो जेलमा हालेर फास्ट ट्र्याक मुद्दा चलाएर सजाय दिइनेछ ।’

Post a Comment

Previous Post Next Post