हार्दिक श्रद्धाञ्जली कठै जापान जाने तयारीमा रहेकी जेसिकाको अधुरै रह्यो जापान जाने सपना

उच्च शिक्षा अध्ययनका लागि जापान जाने तयारीमा रहेकी झापा बाह्रदशी गाउँपालिका- ५ की १८ वर्षीया जेसिका सिग्देलको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।बुधबार साँझ मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जेसिकाको बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

जेसिका सवार मे ३ प ५४६३ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई पुलमा दुर्घटनामा परेको थियो साइकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा मोटरसाइकलको पछाडि सवार जेसिका घाइते भएकी थिइन् ।

उनको दाहिने कानबाट अत्यधिक रक्तस्राव भएपछि उनलाई बचाउने चिकित्सकको प्रयास असफल भयो । घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–९ निवासी ४० वर्षीय रुद्रप्रसाद न्यौपाने पनि घाइते भएका थिए । न्यौपानेको हात, ढाडमा चोट लागेको छ । पारिवारिक स्रोतका अनुसार जेसिका जापान जाने तयारीमा थिइन् । उनी महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनिबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरी जापान जाने आफ्ना डकुमेन्ट पुर्‍याएर विराटनगरबाट फर्किँदै गर्दा झापामा आएपछि दुर्घटनामा परेकी थिइन् ।

Post a Comment

Previous Post Next Post