दाङमा बस दुर्घटना : २२ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको शिवखोलामा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ख–०३६२ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका–९ शिवखोलामा पल्टिँदा २२ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताए ।

घाइतेमध्ये ६ जना लमही, ११ जना कोहलपुर र ५ जना नेपाली सेनाको सैनिक अस्पताल नेपालगन्जमा उपचार भइरहेको उनले जानकारी दिए ।

बस तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उनले बताए । बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post