जिपको पछाडिबाट खसेर बालकको मृत्यु

बेंसीशहर सडक खण्डमा पर्ने बेंसीशहर नगरपालिका ३, धुवाँखोला नजिकै यात्रुबाहक जिपबाट खसेर एक बालकको मृत्यु भएको छ ।बेसीशहर नगरपालिका ३ गाउँशहरबाट शुक्रबार अपरान्ह

 उदीपुरतर्फ जाँदै गरेको ग१ज ७१०१ नम्बरको बोलेरो जिपबाट खस्दा बेसीशहर नगरपालिका ३ गाउँशहर मिलनटोलका ६ वर्षिय उज्वल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।विपरित दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा जिप व्याक गर्दा बोलेरोको पछिल्लो भागमा रहेका बालक जिप बाट खसेका थिए ।

जिपबाट खसेका बालकलाई उक्त जिपले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते विकलाई उपचारका लागि तत्काल लमजुङ अस्पतालमा लगिएकोमा अपरान्ह साँढे ४ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार जिप चालक बेसीशहर नगरपालिका ३, गाउँशहर थापाटोलका २३ वर्षिय सन्देश बोहरालाई नियन्त्रणमा लिएको छ । बोलेर जिपलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post