
अहिले यो गीत युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ र २८ लाख पटक हेरिएको छ । सपुतको संगीतमा समीक्षा अधिकारीको स्वर रहेको यो गीतले जातीय छुवाछूतको सन्देश दिन्छ । नेपाली फिल्मको मूलधारमा स्थापित दुई अभिनेत्रीहरु आँचल शर्मा र स्वस्तिमा खड्का गीतमा फिचर्ड छन् ।
यो गीतको अन्त्यमा सपुत र स्वस्तिमालाई देख्न सकिन्छ । इन्डिङमा बोलिएको भद्दा संवाद अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । अनावश्यक रुपमा स्वस्तिमालाई भल्गर शब्द बोल्न लगाएको भन्दै सपुत आलोचित बनेका छन् । गीतलाई चर्चामा ल्याउन उनले यस्तो फण्डा मोलेको आरोप पनि छ ।
यो विवादबीचमा गायक सपुतले उक्त विवादास्पद संवादलाई हटाएका छन् । सपुतले सोमबार साँझ भिडियोबाट उक्त संवाद हटाएका हुन् । तर संवाद हटाउनुको कारणबारे प्रकाशले केही उल्लेख गरेका छैनन् ।