
धादिङमा धा,रिलो ह,तिया,र प्र,हा,र गरी एक जना वृद्धाको ह,त्या भएको छ।नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको हत्या भएको प्रहरीले जनाएको छ।ह,त्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
सुकमाया आफ्नै घर नजिकैको सडकमा मृत फेला परेकी थिइन्। उनी मृ,त फेला परेको खबरपछि प्रहरी चौकी टोड्के र जिल्ला प्रहरी कार्यालय धादिङबाट टोली खटिएको थियो।अनुसन्धानको क्रममा मंगल गुरूङको संलग्नता रहेको खुलेपछि पक्राउ गरेको प्रहरीले बताएको छ।
सोधपुछ गर्दा सुकमायासँग पुरानो रिसिइबी भएको र बाख्राले बाली खाइदिएको विषयमा खुर्पाले प्रहार गरी ह,त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।घटना सम्बन्धी थप अनुसन्धान प्रहरीले गरिरहेको छ।