सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १४ घाइते [अपडेट]


सल्यानमा भएको सफारी जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जिप तीर्थपोलेस्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा दृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ५२ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७० वर्षीया ध्रुवी बोहरा रहेका छन् । घाइतेहरूको नाम भने खुलेको छैन ।


सख्त घाइते भएका सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । घाइते १४ जनाको जिल्ला अस्पताल सल्यानलगायत श्रीनगरमा रहेको कर्णाली, परोपकार, मेट्रो अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post