मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

यहाँको हुप्सेकोटमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार शुक्रबार साँझ आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा हुप्सेकोट-२ गाँडाखोला बस्ने २३ वर्षीय भुमिसरा आले करेन्ट लागेर घाइते भएकी थिइन् ।

करेन्ट लागेर घाइते भएकी आलेको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post