अटो दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

अटो तारानगरबाट राष्ट्र बैंक चोकतर्फ आउने क्रममा भित्रि सडकखण्डमा दुर्घटनामा परेको थियो ।मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ

Post a Comment

Previous Post Next Post