प्रसाद चोरेको निहुँमा २६ वर्षीय युवकको कुटी कुटी हत्या

उत्तर पूर्वी दिल्लीको सुन्दर नगरी क्षेत्रमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ ।मिडिया रिपोर्टका अनुसार २६ वर्षका मोहम्मद इसरार नामका व्यक्तिमाथि ‘गणेश पूजाको प्रसाद’ चोरेको शङ्का गरिएको थियो ।

उत्तर–पूर्वी दिल्लीका डिसीपी जोय एन टिर्कीले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘२६ सेप्टेम्बर अबेर राती युवकका बुवाले पिसिआरमा फोन गरे । उनले भने, ‘मेरो छोरालाई मारिदिए ।

हामी घटनास्थलमा पुग्यौँ । घर बाहिर २६ वर्षको इसरारको शव राखिएको थियो । चोटको निशान खासै धेरै देखिएको थिएन । थोरै चोट टाउकोमा थियो त्यसैले के भयो भनेर बुझ्न सकिएको थिएन ।

त्यसपछि बिहान उनीमाथि कुटपिट भएको थियो भन्ने थाहा भयो । हामीले उनको शवलाई शव गृहमा राखेका छौँ । उनको पोस्टमार्टम हुनै बाँकी छ प्रहरीले भन्यो, ‘सुरुवाती जानकारी अनुसार २६ सेप्टेम्बर बिहान पाँच बजे आसपास त्यही इलाकाको जी ब्लकमा केही युवकले उनलाई रोके । इसरार चोर हुन् भन्ने उनीहरूलाई शङ्का थियो ।

युवक मानसिक रूपमा अस्वस्थ भएकोले उनीहरुले केही प्रश्न गरे । सायद इसरारले जवाफ दिन सकेनन्, उनलाई मानिसहरूले बाँधेर कुटे र त्यसपछि छोडिदिए । इसरार त्यसपछि घर गए ।

उनी दिनभरि घरमा नै बसे । बेलुका सात बजे आसपास उनको मृत्यु भयो । परिवारले प्रहरीलाई सूचना दिए । हामीले हत्याको मुद्दा दर्ता गरेका छौँ र अनुसन्धान जारी छ ।

’प्रहरीका अनुसार इसरारका पिताको फलफूलको ठेला छ ।प्रहरीले भन्यो, ‘अबेर राती साढे ६ बजे इसरारका पिता घर पुग्दा छोराको मृत्यु भयो । त्यसैले उनका पिताले पनि हामीलाई खासै धेरै जानकारी दिन सकेनन् ।’

Post a Comment

Previous Post Next Post