सुरक्षित आवास गृहमै महिलाले गरिन् आत्महत्या

कालिकोटमा एकजना महिलाले आत्महत्या गरेकी छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल नाम गरेको संस्थाको सुरक्षित आवास गृहमै महिलाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–१ की गीता जैशी रहेकी छन् ।

उनले श्रीमानको हिंसा र मानसिक तनाव खेप्न नसकेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।जैशीले आइतबार बिहान नौ बजेदेखि आवास गृहको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले रातोपाटीलाई जानकारी दिए ।

श्रीमानबाट पीडित उनी सोसेक नेपालको संरक्षणमा रहेकी थिइन् । संरक्षक कर्मचारी खाना खान गएको बेला शौचालयको ढोकामा झुण्डिएर आत्महत्या गरेको उनले बताए ।पाँच वर्षअघि दानबहादुर शाहीसँग विवाह गरेकी उनी पतिसँग झगडा परेपछि अलग्गै बस्दै आएकी थिइन् ।

२५ वर्षीय गीता यसअघि चार वर्षीया छोरासहित बेपत्ता समेत भएकी थिइन्। कालिबोटबाट बेपत्ता भएकी उनी दुई दिनपछि नेपालगञ्जमा भेटिएकी थिइन् । उनका श्रीमानले पाँच वर्षअघि कान्छी श्रीमतीको रुपमा उनलाई बिहे गरेका थिए । यसअघि पनि उनले छोरा जन्मिएपछि श्रीमानले कुटपिट गर्दै हिंसा गर्न थालेको कुरा बताउँदै आएकी थिइन् ।

Post a Comment

Previous Post Next Post