बोरामा राखेर पोखरीमा फालिएको अवस्थामा शव फेला

सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं.११ बनौलीस्थित पोखरीमा शनिबार बिहान एकजना पुरुषको शव फेला परेको छ ।

स्थानीय रामप्रसाद यादवको घरछेउको पोखरीमा बोराभित्र सडेगलेको अवस्थामा तत्काल पहिचान हुन नसक्ने पुरुषको शव फेला परेको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

कसैले हत्या गरी बोरामा हालेर पोखरीमा हालेको हुनसक्ने अनुमान गरिएको छ । डीएसपी नेउपानेले अनुसन्धानपछि मात्र विस्तृतमा बताउन सकिने जनाए ।


Post a Comment

Previous Post Next Post