
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृ,त भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर हुन्।उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए ।
हस्टेलमा उनी झु,ण्डि,एको अवस्थामा फेला परेका छन् । शुक्रवार साँझ झु,ण्डि,एको अवस्थामा फेला परेका बालकको श,व अहिलेसम्म उठाइएको छैन।
आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घट,ना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।
त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । आ,क्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको छ।