![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEggUHTMxAOiJLnjpSQCoXLSwNzK5jJapmgM5oUlhH-dwwEn38LSCH2cLJ4UqGSA0xu_CR3Ghmi7a5q05zkwNNbnflurIoCdVm0lfiMFEZJGKGVZarBIPj9tPwmu-AI9k3Iw0OfXltm6Fze16A0frJlssTA8lGwYZL4o46y0WNX7a_uWLyMuhXPMdR5YIY4/s16000-rw/russian-helicopter-accident-_rezPDabXyM.webp)
ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।ब्राजिलको अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दूरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।