४८ वर्षीय पुरुषले ८ वर्षीय बालिकालाई कर,णी गरे पछि ....

आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-३ आइतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई भदौ १७ गते बिहान तामाङले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Post a Comment

Previous Post Next Post