बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

काठमाडौंको माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडकमा बा२ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि ग्रिनसिटी अस्पताल बसुन्धारामा लगिएको थियो ।

त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर दुर्घटनापछि स्कुटर चालक फरार भएका थिए । प्रहरीका अनुसार स्कुटरको नम्बर पनि खुलेको छैन । स्कुटर चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post