सर्पको टोकाईबाट दैलेखमा किशोरीको मृत्यु


दैलेखमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका-१ नुवावन कि १८ वर्षीय कल्पना शाहीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

आइबार बेलुका ६ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा कल्पनालाई सर्पले टोकेको थियो । झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको कल्पनाका दाजु निराजन शाहीले जानकारी दिए ।

निराजनका अनुसार कल्पना कक्षा ९ मा अध्ययनरत थिइन, भने घरमा आमा र उनी बस्दै आएका थिए । कल्पनाका बुवा भारतमा छन्, भने दाइ निराजन काठमाडौंमा छन् ।

Post a Comment

Previous Post Next Post