वीरगन्जमा एकै दिन दुई पुरुषको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका-९ पानगल्लीमा मंगलबार राति साढे ७ सर्लाही घर भई वीरगन्जमा ठेला चलाउने ५० वर्षीय भुब्रो महतोको शव फेला परेको हो ।
आफूले चलाउने ठेलामा उनको शव फेला परेको हो ।यस्तै वीरगन्ज-३ छपकैयामा करिब ३५ वर्सीय अपरिचित पुरुषको शव फेला परेको छ । जिन्स पाइन्ट र स्पोर्ट्स जुत्ता लगाएको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमार बिक्रम थापाले बताए ।