सशस्त्रको दादागिरी : सशस्त्रद्धारा महिलामाथि हातपात, बच्चाको आँखा फुटाइदिए पछि....

नेपालगन्जको चौलिका चोकमा सशस्त्र प्रहरीले स्थानीयमाथि हातपात गरेको छ, भने एकजना बालकको आँखा फुटाइदिएको छ ।नेपालगन्ज उपमहानगरपालिका–१४ का रज्जब अलिका १४ वर्षीय छोरा जैयद हास्मिको शसस्त्र प्रहरीले भिरेको बन्दुगको कुइनाले लागेर दायाँ आँखा फुटेको छ ।

ती बालकको भेरी अस्पतालमा प्रारम्भिक उपचार पछि राती नै नेपालगन्ज मेडिकल कलेज लगेर भर्ना गरिएको छ । र, परिवारले थप उपचारका लागि आज विहान भारतको लखनउ लग्ने तयारी गरेका छन् ।घरको प्रयोजनका लागि केही स्थानीय महिलाहरुले रुपैडियाबाट एकएक बोरा चामल लिएर आएका थिए ।

नाकामा खटिएका सशस्त्र प्रहरीले भन्सार नगरेको भन्दै उक्त चामल नियन्त्रणमा लिएर गणतर्फ लग्ने तयारी गरेका थिए । उनीहरुले घरको प्रयोजनको लागि हो भन्दा पनि सशस्त्रले बल प्रयोग गरेपछि स्थिति विग्रियो । र,सशस्त्र प्रहरीले महिलाहरुमाथि हातपात गर्दै बमण्डर मचाएको स्थानीय बताउँछन् ।आफुहरुमाथि हातपात हुन थालेपछि महिलाहरुले पनि प्रतिकार गरे ।

स्थानीयबासीले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरे । करिव एक घण्टा नाकामा तनाव उत्पन्न भएको स्थानीयको भनाइ छ । विपन्न र गरिव सर्वसाधरणलाई एक बोरा चामल ल्याउन लाग्दा पनि सशस्त्र प्रहरीले धरपकड गर्ने, कमिशन लिने तर ठूला सामान तस्करसँगको सेटिङमा भित्र्याउने गरेको भन्दै स्थानीयबासीहरु सशस्त्रसँग रुष्ट छन् ।

सशस्त्र प्रहरीले नाकामा निमुखा र गरिव जनतालाई दुख दिने गरेको स्थानीयबासीहरु गुनासो सुनाउँछन् । जमुनाह नाकामा सशस्त्रको दादागिरी छ। स्रोत अम्बिकेशरी

Post a Comment

Previous Post Next Post