
गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । डिएसपी खनालका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो ।
‘हालसम्म शवको पहिचान खुलेको छैन,' उनले भने, ‘नुहाउन वा दाउरा खोज्न नदी किनारमा जाने क्रममा बगाएर मृत्यु भएको अनुमान गरेका छौं । लासको प्रकृति हेर्दा घटना आजकै हुनसक्छ । हामीले मृतकको पहिचानको लागि सूचना जारी गरेका छौं ।’
दिउँसो वाग्मती नदी छेउमा दाउरा बटुल्न गएका स्थानीय महिलाले डुबेको अवस्थामा शव देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर मुचुल्का गरेको हो । शव पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनायो
।