दुबईबाट इराक जान लागेको विमानबाट भालू निस्किए पछि ....


दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ ।

उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यसै कारण विमानले उडान भर्न एक घण्टा ढिलो गर्‍यो । उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागेका छन् । घटना शुक्रवारको हो ।

इराकका प्रधानमन्त्रीले घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । आफूहरूले भालुलाई बेहोस बनाउन दुबईका अधिकारीलाई पूरा सहयोग गरेको बताए । यसो गर्दा पनि भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ ।

भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियोइराक एयरवेजका अनुसार भालुलाई दुबईबाट बग दाद लैजान लागिएको थियो । भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइनले बताएको छ ।

Post a Comment

Previous Post Next Post