![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8nntHIitEixsSi3FFawltff3aRqHNaFlwN9pIAe1Jy4TdYmqZetKLkA5lSwsJTxQ7AvG91zwvS6JMvbTPJ7ftyNW99llB73c0Pt6vZofyJyRBn5t4MOHYhW5VkVO9Jxy5jHumgUz0GvixqkGFeydGipxijYjtJKitsL-zi3gr1UL9ta9-eM96vwzLaJ8/s16000-rw/mahila2.jpg)
रौतहटको बागमती नदीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित बागमती खोलामा शुक्रबार पूर्ण नग्न अवस्थामा अन्दाजी ५०–५५ वर्षको महिलाको शव पानीमा डुबिहरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालका अनुसार मंगोलियन अनुहार भएकी ती महिलाको शव बागमती पुल नजिकैको झाडीमा पानीमा डुबिरहेको अवस्थामा फेला परेको हो ।
महिलाको हालसम्म कुनै पहिचान खुल्न नसकेको हाल शवलाई पोष्टमार्टमको लागि गौर अस्पतालमा लगिएको उनले जानकारी दिए ।
नुहाउने वा दाउरा खोज्न नदी किनारमा जाने क्रममा बगाएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान हामीले गरेका छौं ’ खनालले भने, ‘लाशको प्रकृति हेर्दा घटना आजकै दिनको हुनसक्छ । हाममृतकको पहिचानको लागि सबैतिर सूचना गरेका छौं ।
कसैले आफन्त हराएको भए प्रहरीमा सम्पर्क गर्नुहोला ।’गढीमाइ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार शुक्रबार दिउँसो करिब ३ बजेतिर दाउरा बटुल्न गएका स्थानीय महिलाहरुले नदीमा शव देखेपछि स्थानिय प्रशासनलाई खबर गरेको बताए ।
शरिरमा कुनै कपडा नभएको अवस्थामा नदीमा भेटिएकी महिला नजिकैको गाउँपालिका आसपासको हुनसक्ने उनले अनुमान गरे ।