सर्पको टोकाइबाट किशोरीको मृत्यु

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ मा सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको छ । सर्पको टोकाइबाट पञ्चेश्वर फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टका अनुसार महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो । गोठमा सुतेकी अनितालाई मंगलबार मध्यराति सर्पले टोकेको थियो । अनिता जवलपुर मावि सैलोडामा अध्ययनरत रहेको उनले बताइन् ।

Post a Comment

Previous Post Next Post