कञ्चनपुरमा एकै दिन ३ जनाको मृत्यु

वेदकोट नगरपालिकामा पर्ने काङला खोला किनारमा एक जनाको शव भेटिएको छ । वेदकोट नगरपालिका–८ का स्थानीय ५२ वर्षीय कालुसिंह सेटी सोही वडाको पशुपति आधारभूत विद्यालय पछाडि काङला खोला किनारमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुरा सेटी बेपत्ता भएको भन्दै आफन्तले बिहीबारै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उनका अनुसार सेटी मंगलबारदेखि हराएका थिए ।

यसैगरी भीमदत्त नगरपालिका–३ सुन्दर टोलमा महाकाली सिंचाइ आयोजना तेस्रो चरणको नहरमा पनि एक जनाको शव भेटिएको छ । भीमदत्त नगरपालिका ६ बनगाउँका २७ वर्षीय लोकेन्द्र पार्की बिहीबार मृत भेटिएका हुन् ।

सर्पले डसेर युवतीको मृत्यु

यसैबीच सर्पले डसेर एक युवतीको मृत्यु भएको छ । बेलौरी नगरपालिका–७ पौलाहाकी २१ वर्षीया शितल रानाको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार बिहीबार राति आफ्नै घरमा सुतेका बेला सर्पले डसेको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

Post a Comment

Previous Post Next Post