पहिरो अपडेटः बालकसहित दुई जनाको शव भेटियो, बेपत्ता भएकाको खोजी जारी


दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ ।


पहिरोस्थलमा बालक र एक जना महिलाको शव फेला परेको हो । आज विहान १५ महिने बालक प्रिन्स थामीलाई घर नजिकै दबदबे हिलोमा मृत अवस्थामा फेला पारिएको थियो भने दिउँसो घटनास्थल नजिकै एक महिलाको शव फेला परेको छ । 

दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले पहिरोमा पुरिएर बेपत्ता भएकी स्थानीय ५० बर्षिया देवीमाया मगरको शव फेला परेको जानकारी दिनुभयो । यसअघि आज विहान गौरीशंकर गाउँपालिका–७ का टोपवहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको शव फेला परेको थियो ।

गय राति बस्तिमाथि वाट खसेको पहिरोले टोपाटारका ५ घरमा क्षेति पुर्याउनुको साथै एक बालकसहित चार जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय ४९ बर्षिय हरिलाल श्रेष्ठ र ६० बर्षिय कृष्णवहादुर मगरलाई अझै फेला पार्न सकिएको छैन ।
नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहितको सुरक्षा फौज र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेका छन् ।

पहिरोमा परी ४० बर्षका यज्ञवहादुर थामी, उनकी ३९ बर्षिया श्रीमती धनमाया थामी र २२ बर्षिया बुहारी सिता थामी घाइते भएका छन् । उनीहरुको शरीरका बिभिन्न भाग चोट लागेको छ । गम्भीर घाईते यज्ञवहादुर र धनमायालाई हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारकालागि काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ ।

अर्की घाईते सिता थामीको सिंगटी अस्पतालमा उपचार भईरहेको छ । गय राति करिव ९ बजे बस्ति माथिवाट पहिरो खस्दा टोपाटारका ५ वटा घर परिएका हुन् । पहिरोका कारण आधा दर्जन बढी घरपरिवार बिस्थापित भएका छन् ।

पहिरोमा पुरिएर बेपत्ता भएका कृष्णवहादुर मगरको घरमा रहेका ३ वटा गाई र १४ वटा बाख्रा पनि मरेका छन् ।

Post a Comment

Previous Post Next Post