कञ्चनपुरमा छुट्टा छुटै दुर्घटनामा परी दुई जनाको ज्यान गयो

कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुवा जनकलालको मङ्गलवार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भइ धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो 

।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।


त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भइ एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका–१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

प्रहरी प्रवक्ता डाँगीले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ज्यान गएको जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post