आफूलाई युट्युबर बताउने शर्मीला वाइबाको दादागिरी, सचिन परियारका बुबामाथि हातपात गरे पछि ...


सामाजिक सञ्जालमा बेलाबेला चर्चाको पात्र बनिरहने शर्मिला वाइबाले आफूलाई युट्युबर भन्दै भ्युजका लागि बाल कलाकार सचिन परियारका बुबामाथि हातपात गरेको पाइएको छ । 

युट्युबरको हुलमुलसहित सचिन परियारका बुबा तेजेन्द्र परियार (कलौटे उपनामले परिचित) को अन्तर्वार्ताका लागि पुगेकी वाइवाले भिडिओ खिचिरहेकै बखत तेजेन्द्रमाथि हातपात गरेको भिडिओ युट्युबमा अपलोड भएको हो ।

आफ्नो पारिवारिक विषयमा अभद्र सवाल उठाएकी वाइवालाई तेजेन्द्रले 'आफ्नो परिवार सम्हाल्न नसक्ने' भन्दै प्रति प्रश्न गरेका थिए । सोही कुरामा एक्कासि आक्रोशित देखिएकी वाइवाले गालामा थप्पडले हिर्काएको भिडिओमा देखिन्छ ।


उक्त भिडिओ शुक्रवार विभिन्न युट्युब च्यानलमा अपलोड भएको छ । शुक्रबार साँझ साढे ५ बजेको समयमा अनामनगर स्थित सिलौटो रेस्टुरेन्टमा आफूमाथि आक्रमण भएको तेजेन्द्रले सुनाए ।युट्युब भिडिओ चलाउनकै लागि मलाई हातपात गरेर भिडिओ खिचेको हो कि भन्ने जस्तो लागेको छ," उनले भने, "म अनामनगरतिर भएका बेला उहाँहरू आएर मलाई उत्तेजित बनाउने किसिमका प्रश्न सोध्नु भयो, म पनि उत्तेजित भएँ ।"

प्रहरीमा उजुरी भने दायर नगरिसकेको बताउने उनले भोलि टेकू प्रहरीमा जाने बताए । पछिल्लो समय युट्युबरमा भ्युज बटुल्ने नाममा जथाभाबी किसिमका भिडिओ सामग्री बनाउने र अपलोड गर्ने प्रवृत्ति निकै बढेको छ । तर सरकारले नियमनमा भने ल्याउन सकिरहेको छैन ।

Post a Comment

Previous Post Next Post