सडकमाथिबाट खसेको ढुंगा लागेर बैतडीमा एक बालकको मृत्यु

बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ। सिगास गाउँपालिका ४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।


देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको प्रहरीको भनाइ छ। सडक तलतिर बालबालिका खेलिरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासि ढुंगा खसेको थियो। शुक्रबार दिउँसो बालबालिकाहरू खेलिरहेको अवस्थामा खसेको ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो।


जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले परिवार शोकमा छ। घरमा उनकी आमा मात्रै रहेको बताइएको छ। रेशमका बुवा दीपक लुहार रोजगारीको सिलसिलामा भारतमा रहेका छन्
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post