बालेन शाहले निर्माण सामग्री सडकमा राख्नेलाई लगाए जरिवाना...

काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो ।

स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ ।

यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ ।

Post a Comment

Previous Post Next Post