धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीमान् फरार

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रकाश जवेगुका अनुसार गए राति ९ बजे ५० वर्षका पूर्णबहादुरले ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

उहाँका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबिच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोमा धारिलो हतियारको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Post a Comment

Previous Post Next Post